एन्जल्स हार्ट र ओडिसी क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एन्जल्स हार्ट र ओडिसी इन्टरनेसनल एकेडेमी पाँचौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हार्टले भ्याली पब्लिकलाई २२-६ ले पराजित गर्‍यो । एन्जल्स हार्टको जितमा प्रतीक कँडेलले १४ अंकको योगदान गर्नुभयो ।

निरज मगरको ११ अंकको सहयोगमा ओडिसीले हिमरश्मीलाई १३-१२ को साँघुरो अन्तरले हरायो । सोही स्पर्धामा स्काइलार्कले लालीगुराँस नेसनल एकेडेमीलाई ११–४ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान बनायो । स्काइलार्कका ओजश रायमाझीले ४ स्कोर गर्नुभयो ।

सिनियर ब्वाइजमा स्किब्सले हिमरश्मीलाई २८-९, एचएचसिएले काठमाडौं ग्लोबललाई ३१-१०, भ्याली पब्लिकले सेबलाई ३८-१२, एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमीलाई ३१-१३ तथा नेपाल मोडेलले भद्रकालीलाई २३-६ ले पन्छायो । नेपाल मोडेलबाहेक सबैले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । स्किब्सका युनिक लिम्बूले १२, एचएचसिएका विक्रम तामाङले १०, भ्याली पब्लिकका अनमोल गुरुङले १४, एन्जल्स हार्टका स्पर्श अधिकारीले नौ र नेपाल मोडेलका सागर लामिछानेले आठ अंक जोड्नुभयो ।

सिनियर गल्र्समा ग्रिनल्यान्ड र भ्याली पब्लिक सेमिफाइनलमा पुगे । ग्रिनल्यान्डले एचएचसीलाई १०-९ तथा भ्याली पब्लिकले काठमाडौं ग्लोबललाई २५–५ ले निराश पारे । ग्रिनल्यान्डकी समीक्षा थापाले ६ तथा भ्याली पब्लिककी लोरिशा गौचनले आठ स्कोर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?