काठमाडौं । आठौं संस्करणको नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव जुनमा हुनेभएको छ । यो महोत्सव २०२५ जुन १९ देखि २२ सम्म आयोजना हुनेभएको हो । अमेरिकाको मेरिल्याण्ड राज्य र वासिंटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको जनाइएको छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिने जनाइएको छ । नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमा यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।
अमेरिकाको वासिंटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत फिल्म प्रदर्शन हुनेछन् । स्थापना कालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिवल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्र आगामी २०२५ को संस्करण पनि समावेश हुने जनाइएको छ ।
अन्तर्राष्ट्रिय चलचित्रकर्मी सम्मिलित समितिले आवेदन परेका मध्येबाट चलचित्र प्रदर्शनका लागि छनोट गर्नेछ । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशालासमेत हुनेछन् । हरेक चलचित्र प्रदर्शनपछि त्यसका निर्देशक, निर्माता तथा कलाकारसँग अन्तक्र्रिया गरिने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच