काठमाडौं । दिगो ग्रुपले दलदलेमा तेस्रो इ-स्टप सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार नवलपरासीको दलदलेमा रहेको इ-स्टपमा सडक यात्रुका लागि रेस्टुरेन्ट सुविधाका साथै सार्वजनिक विद्युतीय सवारीका लागि दुईवटा जिबी/टी चार्जर जडान गरिएको छ भने निजी सवारीलाई पनि मध्यनजर गर्दै सिसिएस २.० चार्जर पनि जडान गरिएको छ ।
दलदलेका साथै दिगो इ-स्टप रामटार र कुरिनटारमा पनि सञ्चालनमा छ । उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सौरव श्रेष्ठले भन्नुभयो, ‘इ-स्टपको तेस्रो संस्करण दलदलेमा सञ्चालनपछि यस राजमार्गका यात्रुलाई निकै उद्धार हुनेछ । यस इ-स्टपले महेन्द्र राजमार्गमा बढिरहेको विद्युतीय सवारी साधनलाई चार्जिङ सुविधा दिन्छ र रेस्टुरेन्टले भने यात्रुलाई पनि सफा र मिठो खानासाथ सुलभ सुविधा दिनेछ ।’ दिगो ग्रुपका अध्यक्ष राजन रायमाझीले दिगो इ-स्टपले नेपाली राजमार्गको यात्रामा नयाँ युगको सुरुवात गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच