भक्ष्यभक्षकयोप्र्रीति विपत्तेरेव कारणम्
नेपाल कृषिप्रधान देश हो । यहाँ कृषकको वर्चस्व हुनुपर्ने थियो । कृषकमा आफूसँग खेती थोरै छ भने हल गोरु पाल्न नसक्ने दुईजना मिलेर गोरु पाटे बाँधेर खेती गर्ने चलन हुन्छ । समान बलवीर्यमा पनि हल मिल्दैन भने असमान पनि मिल्दैन । अलिकति मात्र होचाइ अग्लाइमा सानो र ठूलो आवश्यक हुन्छ । त्यसमा पनि मेलो राम्रो गर्नका निमित्त दाहिने र देब्रे मिलाएर पाटे बाँध्नुपर्छ । यो कुराको हेक्का किसानले राख्न सकेनन् भने खेती लाग्दैन । हाम्रा देशका किसानको अवस्था सुधार्ने तिनलाई प्रोन्नत कृषितिर अभिमुख गराउने योजना र नीति सरकारले आजसम्म ल्याउन सकेन । बरू सहकारी ठग, चियाबगान ठग, वाइडबडी खन्चुवा, ओम्नी खन्चुवा, पानीजहाज र रेलका फोस्रा स्वप्नदर्शी तथा नागरिक बेचुवाहरूको चाहिँ बोलवाला गराए राजा र दलकै सरकारले शताब्दीयौंदेखि बाँधिएको ढुंगोमाटो मेसिन लाएर खनेर, भत्काएर ढुंगामाटो बेचेर धनी हुने स्वप्नदर्शी पनि जन्मिए जसका कारणले दशैँका बेलाको दुर्दान्त बिजोक जनताले भोग्नुपरो ।
रोशी बहुलायो रसुनकोशी बहुलायो भने, बादल फाटो भने तर फाटेको र बहुलाएको चाहिँ नेपाली धनक्याङ्मीको गिदी हो । न बादल विष्फोट भएको हो न त खोला नै माथि आएका हुन् खोलाको बहाव क्षेत्र नछाडीकन बनाएका बस्तीमा नपसेर खोला जाउन् काहाँ ? जमानादेखिका सरकार यसका जिम्मेवार हुन् । न चाहिँदो पैसाका लालसामा खोलामा घर बनाउने अनुमति दिनेले जिम्मेवारी किन नलिएको भन्दा अहिलेको सरकार निकम्मा भएरै हो भन्न सकिन्छ ।
नेपाली अर्थतन्त्रलाई दरो बनाएर सुखी र समृद्ध नेपाल बनाउन कृषि र पर्यटनमा मात्रै पनि औद्योगिकीकरण गर्न सके नेपालको राम्रो विकास गर्न सकिन्छ । पूर्वमा रहेको विश्वको आकर्षणकेन्द्र सगरमाथाको बेस बिसौनी नाम्चे बजारबाट कालापत्थरसम्म केबुलकार विकास गरे वार्षिक खर्बाैं द्रव्यको आम्दानी हुन्छ देशमा ।
डाँडाका टुप्पाटुप्पामा भ्युटावर बनाउने हल्लुँडे गिदीले पहाडका ढुंगा बेचेर धनी हुनलायो धन कमाउन विदेशदेखि आएका धनपिपासुलाई । जथाभावी क्रसर चलाउने अनुमति दिएर धनपिपासले दोस्रो पटक गृहमन्त्री भएपछि खोलेका कमाउ धन्दाले देशमा यत्रतत्र पहिरो लडायो । जादुई नम्बरका गफाडीका तुजुक धेरै भएपछि नेपाली राजनीतिका वनमा राइँदाइँ गर्दै आएका दुईवटा बाघले मीत लाएछन् । वनका सानातिना शाकाहारी जीवले अब त शान्त भएर रनवन घुमेर चर्न पाउलान् भनेको त दुईवटा बाघका लडाइँमा विचरा साधुजन्तु त साँढेको जुधाई बाच्छाको मिचाइमा पो परे झन् । यो पनि एक प्रकारले अनर्थ नै भयो भने पनि हुन्छ ।
नेपाली मन्त्री र सांसदका दिलदिमागमा नयाँ कुरा किन कहिल्यै नउदाएको ? नयाँ काम गर्ने सोच नै कसैका दिमागमा भएन । भएकै कामका पाटा र पक्ष दायाँ वायाँ कोल्ट्याउँदा धेरै नवयुवकहरू मन्त्री मण्डलमा पुगेर पनि असक्षमजस्ता देखिए । यस कुराको बोध यिनमा नभएको देख्दा पनि एक प्रकारले हाम्रा शैक्षणिक केन्द्रहरू साँच्चिकै बेरोजगार उत्पादन केन्द्रमा रूपान्तरित हुँदै जान थालेका हुन् कि भन्ने आशंका गर्न सकिने अवस्था बन्दै गएको देखिन्छ । उच्च शिक्षाले सुसज्जित छात्रावस्थादेखि नै जुधारु चरित्र देखाउँदै आएका योगेश भट्टराई एकातिर बद्नाम भए भने अर्कातिर रामकुमारी झाँक्री त्यस्तै बनाइइन् । नेपाली कांग्रेसमा पनि लोभलाग्दो प्रतिभा भएका युवामन्त्री बद्री पाण्डेका सम्बन्धमा अनेकौं टीकाटिप्पणी भएका छन् । दुई ‘बाघका पाटे जनतालाई ढाँटे’ बनेर नरहोस् । अथवा घाँस र घोडाको प्रीति पनि नबनोस् ।
नवनिर्माणतिर सोचौं
नेपाली अर्थतन्त्रलाई दरो बनाएर सुखी र समृद्ध नेपाल बनाउन कृषि र पर्यटनमा मात्रै पनि औद्योगिकीकरण गर्न सके नेपालको राम्रो विकास गर्न सकिन्छ । पूर्वमा रहेको विश्वको आकर्षणकेन्द्र सगरमाथाको बेस बिसौनी नाम्चे बजारबाट काला पत्थरसम्म केबुलकार विकास गरे वार्षिक खरबौं द्रव्यको आम्दानी हुन्छ देशमा । नेपालमा पर्यटनका लागि विश्वबाट मान्छे आउने सगरमाथा हेर्न र चढ्न हो । सबै चढ्न सक्दैनन् । यसको फेदीसम्म सहज किसिमले साधारण मान्छे पनि जाने मार्ग बनाए वार्षिक लाखौं आन्तरिक र बाहृय पर्यटक आउँछन् । केबुलकारले प्रदूषण पनि गर्दैन प्रचुर आम्दानी र साधारण मान्छेलाई पनि सगरमाथाका फेदमा पुगेको गौरव गर्ने अवसर प्रदान गर्छ ।
बाहिरबाट गएका मान्छे एक रात नाम्चे बजारमा नवसी काला पत्थर पुगे भने लेक लाग्छ । यसरी त्यहाँका वासिन्दाले व्यवसाय विकास गर्न पाउने छन् । अतः त्यहाँको केबुलकार चढेर सगरमाथाको फेदीमा पुग्न पाउँदा गौरव गर्नेको संख्या निश्चय नै धेरै हुन्छ । त्यहाँसम्म पुग्दा हवाइजहाजले, सडकले ठाउँठाउँका मार्गमा खुल्ने होटलले प्रचुर कमाउँछन् र राज्यकोषमा ट्याक्स पनि तिर्छन् । यसैगरी पोखराको पनि माछापुछ्रेको दर्शन गर्न सक्नेगरी सहज मार्गको विकास गरे आशातीत अर्थलाभ हुन्छ । काठमाडौं सहरलाई वरिपरिबाट नियाल्ने गरी केबुलकारको व्यवस्था या चक्रपथमा मनोरेलको व्यवस्था गरे पनि सस्तो लगानीबाट प्रचुर व्यापार तथा पर्यटन व्यवसायको विकास गर्न सकिन्छ ।
अर्को त्यस्तै विश्वका मान्छेको आकर्षण केन्द्र हो लुम्बिनी यसमा पनि बाहिरबाट रमिता हेर्दै घुम्ने केबुलकार या मनो रेलमार्ग बनाएर आशातीत तीर्थालु र पर्यटकको आगमन गराउन सकिन्छ । यो देशमा यस प्रकारको सम्भावना बोकेर पर्खिरहेका सयौं धार्मिक, प्राकृतिक दर्शनीयस्थल छन् । यी कामका लागि सरकारले नीति र योजना बनाइदिए पुग्छ । निजी लगानी कर्ताले यसमा मनोयोगपूर्वक लगानी गर्ने सम्भावना देखिन्छ । चीन र भारतबाट मात्रै आएका तीर्थालु र पर्यटकलाई दुईचार दिन वसाउन सके हामी आशातीत धनी बन्छौं । बद्री पाण्डेजस्ता केही गरौँ भन्ने संगल्प, निष्ठा मनमा भएका पर्यटनमन्त्री बन्दा पनि तिनको यता ध्यान नगएको देख्दा बिचौलिया र खुराफातीसँगका वार्तामै समय बिताउँछन् हाम्रा युवा पनि भन्ने शंका पैदा हुन्छ ।
योगेश भट्टराई, प्रदीप पौडेलजस्ता नवयुवकले मौका पाउँदा आ-आफ्ना ठाउँमा नवप्रवर्तनका योजना ल्याउनेतिर ध्यान नदिएको देख्दा आश्चर्य लाग्छ । खरदार बहिदारले झैँ अफिस जाने र घर फर्कने अनि बिचौलियासँग मात्रै बस्ने होइन स्वतन्त्र, कल्पनाशील उद्योगपति, व्यापारी या स्वतन्त्र बौद्धिक मान्छेसँग बसेर योजना बनाउन सिक्नुपर्छ । नवयुवक सांसद र मन्त्रीहरूले । क्यम्पसमा पढाउने प्राध्यापकले पनि औसतभन्दा माथि उठेर कल्पना गरेको देखिँदैन । आफूले एमए पढ्दा बनाएका नोट पढाएर नवप्रवर्तनका स्वप्न देखाउन सकिँदैन ।
पुरानी आमाको भ्रूण र पुरानै बाबुका वीर्यबाट नयाँ बालक बनिन्छ । प्राचीनताकै बियाडमा नव बेर्ना उम्रन्छन् र हुर्कन्छन् पनि । प्रत्येक दल, विचार, संगठन, शिक्षा सर्वत्र यही कुरो लागू हुन्छ । आजका डा.शेखर अरूभन्दा भिन्न किन देखिएभन्दा बीपीका तत्कालीन नियम र निष्ठालाई उनले आजको युगानुकूलन गर्नेगरी सोचेर प्रस्तुत भए ।
यस प्रकारले कल्पना गर्ने लक्ष्मीप्रसाद देवकोटा जस्ता मान्छेले पढाएको भए यो देश अहिलेसम्ममा कायापलट गराई सक्थे । बाटो विकासको पूर्वाधार हो । अतः पृथ्वीबाट, आकाशबाट र रज्जुमार्गबाट, जलमार्गबाट जाने सुविधाको विकासमा सरकारले सजिलानीति अख्तियार गरेर लगानी कर्ता भित्र्याउने नीति बनाउनु त कता हो कता, ‘बाबुले बोल्न जान्दछु भने मेरो अन्तर्वार्ता लिएर जीविका चलाउ भनेको थिएँ...’ अहिले त बाबु अलि बढ्तै भएछन् भनेर समय बिताउने बुज्रुक प्रधानमन्त्रीलाई के भन्ने ?
बुद्धिमानी चेत्छ मूर्ख बर्बराउँछ
स्वतन्त्र चिन्तन गर्ने मान्छे एउटा घटनाबाट जीवनका लागि पाठ सिक्छ तर मूर्ख वारम्बार तिनै कुरालाई आख्यान या गुनासो बनाएर बरबराउने गर्दछ । किनभने उसको सोच्ने क्षमता अविकसितै रहेको हुन्छ र दिमागमा शब्दभण्डार पनि अति अल्प हुन्छ । स्वास्थ्यमा एक पटक थोरै समय पुगेका गगन थापाको नाम मेची महाकालीमा सुनिन्छ । विद्युत्मा थोरै समय आएका गोकर्ण विष्टलाई आमनेपाली आज पनि सम्झन्छन् । त्यसै गरी कुलमान घिसिङले पनि गरेर देखाए । भगवान कोइराला, प्राडा.सुरेशराज शर्मा, सन्दुक रुइत, रामप्रसाद पोखरेल, महावीर पुन जस्ता मान्छेका जीवनचर्या र चिन्तन हेरेर पनि नवयुवकले आफ्नो मार्ग पहिल्याएर गन्तव्यमा पुग्ने चेष्टा गर्नुपथ्र्यो ।
यो हुन नसकेको देख्दा भने जुनकुनै नेपालीको पनि चित्त दुख्छ नै । मन्त्री या सांसद बन्नु ठूलो कुरो होइन हाम्रा जस्ता मुलुकमा स्वाभिमानलाई तिलाञ्जली दिएर नेताका पत्नीको साया सारी झोलामा हालेर ताबेदारी गरे केही पाइन्छ/पाउन सकिन्छ भन्ने त हालसालै परराष्ट्रमन्त्री आफ्नो जिल्लामा जाँदा त्यस जिल्लाका सभापतिले गरेको परिपत्र नेपालका विद्युतीय सञ्चारसंयन्त्रले प्रशारण गरेर नै देखाइदिएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको पाटे सरकार दाहिने र देव्रे त मिलेको छ तर चिन्तन, सोच र इमानदार प्रयासमा भने सन्दिग्ध नै देखिँदै गएको छ । राजनीतिक मैदानका मूलप्रतिद्वन्द्वी कहिल्यै पनि साधारण बेलामा एक ठाउँमा उभिन सक्दैनन् ।
अतः पालो पुर्याएर सत्तारोहणको रहर मेटाउनेभन्दा अहिलेसम्म यति शक्तिशाली सरकारले बोलेका कुरामा काम गर्ने सुरसार नगर्नु भनेको नियत सफा छैन कि भनेर शंका गर्ने ठाउँ दिनु नै हो । संविधान संशोधनको एजेण्डा देखाएर मध्यरातमा गरेको पाटेगठबन्धन सत्तारोहण र सत्ता बाहिर पुगेको इष्र्या परिपूर्तिको मात्र स्वरूपमा सीमित नहोओस् । अहिले पनि अरूलाई फुटाएर, सुताएर आफू बलियो देखिने र हुने लोभ सत्ताधारीका हर्ताकर्ताका दिल र दिमागमा दुवैतिर भएको धङ्धङी बेलाकुबेला बाहिरिने गरेकै छ । करनी, कथनी मिलेका छैनन् । यिनलाई मिलाएरमात्र पनि पुग्दैन ।
अभिनयमा पनि एकरूपता आवश्यक हुन्छ भन्ने कुरो दुवै दलका शीर्ष नेताले बुझ्नुपर्दछ । ‘क्रिया केबलमुत्तरम्’ काम नै शंका समाधानको असल उत्तर हो । आफू नमरुन्जेल सत्ता र शक्तिमा बस्न खोज्ने अनि आफ्ना धुपौरे अघिपछि लाएर संसारमा कोही पनि असल नेता गनिएको छैन भन्ने इतिहासबाट सिक्नसक्नुपर्छ । अन्यथा न्याहुरी मारी पछुतो चरितार्थ होला है ।
परम्परालाई नव निर्माणबाट विस्थापित गरौं
पुरानी आमाको भ्रूण र पुरानै बाबुका वीर्यबाट नयाँ बालक बनिन्छ । प्राचीनताकै बियाडमा नव बेर्ना उम्रन्छन् र हुर्कन्छन् पनि । प्रत्येक दल, विचार, संगठन, शिक्षा सर्वत्र यही कुरो लागू हुन्छ । आजका डा.शेखर अरूभन्दा भिन्न किन देखिएभन्दा बीपीका तत्कालीन नियम र निष्ठालाई उनले आजको युगानुकूलन गर्ने गरी सोचेर प्रस्तुत भए । ओली र शेरबहादुर पहिलाको आदर्श स्थितिबाट विचलित भएका र नयाँ अनुकरणीय चिन्तन, आचरण तथा व्यवहार निर्धारण गर्न सकेनन् ।
विशाल कुलोपत्ति र रूप, यौवन धन सम्पत्ति, शालीनता र शक्तिसामथ्र्यका पहुँचले पनि हुँदोरहेनछ भन्ने कुराको उदाहरण यो देशका धेरै नामी नेतापुत्रबाट लिनसकिन्छ/बुझिन्छ । प्राणीशास्त्रीय नियम यहाँ लागू हुँदैन । जसले गर्छ, सोच्छ र व्यवहारमा उतारेर देखाउँछ जनता त्यसैका पछि लाग्छन् भन्ने कुरो बुझेर डा.शेखरले पनि आफूलाई अगाडि बढाउन सक्नुपर्दछ । पुराना बचाएर नयाँ समेट्दै जान सक्नुपर्दछ । नयाँ समेट्न खोज्दा खल्ती यो पोल्टो पोखियो भने त्यसले भड्खालामा पर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच