सेयर बजारमा उछाल, २ पटक लाग्यो सकारात्मक सर्किट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार बजारमा दुईपटक सकारात्मक सर्किट लागेको छ ।

बजार खुलेको ५ मिनेटमै सकारात्मक सर्किट लागेको बजार पुनः खुलेलगत्तै फेरि सकारात्मक सर्किट लागेको हो ।  पहिलो सर्किट ब्रेकपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लागेको हो ।

बजार खुलेको पहिलो ५ मिनेटमा नै ४ प्रतिशतले बढेर सर्किट लागेपछि बजार २० मिनेटको लागि बन्द भएको थियो भने दोस्रो पटक खुलेको बजारमा पनि २ मिनेट मात्रै कारोबार भएर सर्किट लागेको छ ।

अब १२ बजेर ७ मिनेट २९ सेकेन्डमा मात्र सेयर कारोबार खुल्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?