काठमाडौं । जिनियस आइबी वल्र्ड स्कुल, ललितपुरले वार्षिक खेलकुद दिवस-२०८१ को समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा साफ महिला फुटबल च्याम्पियनसिप-२०२४ मा उत्कृष्ट प्रदर्शन गरेबापत जिनियसले टोलीलाई सम्मान गरेको हो ।
जिनियसका संस्थापक अध्यक्ष नवीनकुमार जोशीले मुख्य प्रशिक्षकसहित २६ सदस्यीय टोलीलाई प्रशंसा-पत्रसहित एक लाख ३० हजार नगद प्रदान गर्नुभयोे । संस्थापक अध्यक्ष जोशीले सम्मानले खेदकुदका माध्यमबाट राष्ट्रिय खेलाडीहरूप्रति कृतज्ञता व्यक्त गर्न र विद्यार्थीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयोे ।
नेपाली महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले यसप्रकारको सम्मानले खेलाडीहरूको मनोबल उच्च बनाउने बताउँदै विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले खेलकुदको क्षेत्रमा अघि बढ्न यस्ता सम्मानले ठूलो प्रेरणा दिने बताउँदै अझ उत्कृष्ट प्रदर्शनका लागि ऊर्जा थप्ने बताउनुभयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक १४ गते भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ गोलले पराजित हुँदै उपविजेता बनेको थियो । संस्थापक अध्यक्ष जोशी, कप्तान एञ्जिलालगायतले समापन समारोहमा विभिन्न प्रतिस्पर्धाका विजेता विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच