काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ ।
यसअघि माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले अग्रता कायम राख्नुभएको थियो । पछिल्लो परिणाम अनुसार नेकपा एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले अग्रता बनाउनु भएको छ ।
एमालेकी उमाले १ हजार ९ सय ७२ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, माओवादी केन्द्रकी उम्मेदवार निम लेकीले भने १ हजार ९ सय ६ मत प्राप्त गर्नुभएको छ ।
दुईबीचको मतान्तर ६६ मतको छ । गौरीशंकर गाउँपालिकामा २०७९ को निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए ।
कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उपचुनावमा सबै पार्टी एकल प्रतिस्पर्धामा छन् । अब ७, ८ र ९ वडाका मात्रै मत गन्न बाँकी रहेको छ । ९ वटा वडा रहेको गौरीशंकरमा ७ हजार ५९० मत खसेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच