काठमाडौं । आजदेखि सिनेमाघरमा चलचित्र ‘बम बहादुर’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि सिनेमाघरमा सौगात मल्लको चलचित्र ‘बम बहादुर’ सिनेमाघरमा आएको हो ।
जोन राईको लेखन तथा निर्देशन यो चलचित्रमा सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहलाई पर्दामा उतारिएको छ । यसले भारतका नेपाली, विशेषगरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका पलहरूलाई मार्मिक ढंगले चित्रण गरेको निर्माण टिमले जनाएको छ । यो चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको हो ।
बिस्ट ब्रदर्स फिल्मस् प्रालिको व्यानरमा बनेको यो चलचित्रम सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पञ्चकोटिलगायतको अभिनय छ ।
‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुनुहुन्छ । जोन राई र रूपेश तामाङको कथा र पटकथा रहेको यो चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच