‘जय हो’ मा अभिनेत्री निशा

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी अनुबन्धित हुनुभएको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहने चलचित्र ‘जय हो’ मा उहाँ अनुबन्धित हुनुभएको हो । शुक्रबार प्रस्तुतकर्ता बस्नेत र अभिनेत्री अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

टेक पौरखी राईको निर्देशनमा बन्ने ‘जय हो’मा यसअघि नै केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा र माओत्से गुरुङलगायत कलाकार फाइनल भइसक्नुभएको छ ।

फागुन २५ देखि फ्लोरमा जाने यो चलचित्रको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिने बताइएको छ । सुरेश न्यौपानेको कथा रहने चलचित्रमा सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटाको संगीत रहनेछ ।

कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने चलचित्रलाई आगामी तीजको छेको पारेर सिनेमाघरमा ल्याउने योजना निर्माण टिमको छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?