अर्थमन्त्री महतको दाबी : नेपालमा लगानी गर्न विभिन्न देशका उद्यमीहरुले इच्छा प्रकट गरेका छन्

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्नका लागि यथेष्ट चाहनाहरु प्रकट भइरहेको दाबी गर्नुभएको छ ।

शनिवारबाट काठमाडौंमा शुरु भएको मार्केटिङ समिट २०२४ को उद्घाटन समारोहमा बोल्दै उहाँले भारत, चीन, अमेरिकालगायतका मुलुकका उद्यमीहरुले नेपालमा लगानी गर्न यथेष्ट चाहना राखेको बताउनुभएको हो ।

उहाँले नेपालका अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेकाले पनि नेपालमा लगानीको अभाव नहुने दोहो-याउनु भयो । अर्थमन्त्री महतले मुलुकका आर्थिक गतिविधि विस्तारै अघि बढेको उल्लेख गर्दै यसलाई बढावा दिन सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाख १६ र १७ गते हुने लगानी शिखर सम्मेलनमा लगानी भित्र्याउनका लागि उपयुक्त खालका परियोजनाहरु प्रश्तुत गर्ने तयारी भइरहेको पनि बताउनु भयो ।

अर्थमन्त्री महतले भन्नुभयो, ‘अहिले हाम्रा सबै आर्थिक इन्डिकेटरहरु पोजिटिभ छन् । त्यसमा कुनै समस्या छैन । इन्टरनल इण्डिकेटरहरु पनि पोजेटिभ भइराखेका छन् । ब्याजदर घटेको छ । शेयर मार्केट उकालो लागेको छ । र, आर्थिक गतिविधि पनि बिस्तारै बढिराखेको छ । अहिलेको आवश्यकता छ–पोजेटिभ न्यारेटिभ्स विकसित गर्न जरुरी छ । अहिलेसम्म हामीे धेरै नेगेटिभ कुराहरु ग¥यौं । त्यसले गर्दा हाम्रो आत्मविश्वास कमजोर भयो । अहिले पोजेटिभ इन्डिकेटर आइरहेको अवस्थामा हाम्रो व्यापार, व्यवसायको कन्फिडेन्स बढछ । उपभोक्ताहरुको पनि कन्फिडेन्स बढछ । त्यसले लगानी बढाउँछ । नेपालमा लगानी गर्न सक्ने नेपालीहरु छन् । उनीहरुले नेपालमा गर्न नसक्ने भन्ने केही पनि छैन । त्यसकारण मलाई लाग्छ कि अब यो उपयुक्त समय हो कि पोजेटिभ न्यारेटिभ्सका साथ अगाडि बढौं । र, आत्मविश्वास जगाऔं । योसँगसँगै धेरै कुरा पोजेटिभ भएर जान्छ भन्ने मलाई लागेको छ । अहिले हामीले यो वैशाखमा अप्रिल २८, २९ मा इन्भेष्टमेण्ट समिट नेपालमा हामी गर्दैछौं । बाहिरबाट पनि नेपालमा लगानी गर्नका लागि एथेष्ट इच्छाहरु प्रकट भएको छ । भारत, अमेरिका, चीनलगायतका देशहरु पनि नेपालमा लगानी गर्न धेरै इच्छुक छन् ।’

मन्त्री महतले नेपालको आर्थिक क्षेत्रको अवस्थामा सुधार ल्याउनका लागि आत्मविश्वास जगाउनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?