मुगु । विकट हिमाली जिल्ला मुगुमा अल्पकालिन आश्रय स्थल (सेफ हाउस) को आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् ।
सामाजिक विकास कार्यालय मुगुको आयोजनामा आइतबार आयोजित लैङ्गिक समनता तथा सामाजिक समावेशी सन्वन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले जिल्ला सदरमुकाम गमगढीमै सेफ हाउसको आवश्यक्ता भएको बताउनु भएको हो ।
कार्यक्रममा बोल्नु हुँदै जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जिल्ला प्रहरी कार्यालयमा आउने महिला हिंसा, घरेलु हिंसा, जवरजस्तीकरणी सम्वन्धिका पीडितहरुर्लाई राख्न जिल्लामा सुरक्षित घर नहुँदा पीडितहरुले झनै पीडा सहेर कानुनी उपचारमा लाग्नु परेको बताउनु भयो ।
घरदेखि बस्तिसम्म हुने विभिन्न हिंसाबाट पीडितका लागि सुरक्षित घर नहुँदा कानुनी उपचारमा जान पीडित डराउने र बाध्यताले हिंसा सहेर गाउँघरमै मिलापत्र स्वीकार्दै आएकाले जिल्लामा कम्तिमा एउटा सुरक्षित घर बनाउन सकेमा पीडितको सुरक्षाको सुनिश्चित हुनुका साथै कानुनी उपचार लिन सहज हुने बताइएको छ । पीडितले मनोवैज्ञानिक परामर्श ,उपचार समेत पाउने भएकाले उनीलाइ सामाजिक समायोजन हुन पनि सहज हुने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताउनु भयो ।
कार्यक्रममा सहभागी छायानाथ रारा नगरपालिकाका उपप्रमुख ऎश्वर्या मल्लले सुरक्षित घर निर्माणका लागि प्रदेश तथा संघिय सरकारले बजेटको व्यवस्था गरेमा घर निर्माण पछिको सन्चालन र व्यवस्थापनमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।
महिला,बालबालिका,जेष्ठनागरिक र अपाङ्गता सम्वन्धी काम गर्ने जिल्लामा कृयाशित गैरसरकारी सस्थाहरु मध्य कार्यक्रममा सहभागी आइएनएफ नेपाल र डाडो नेपालका प्रतिनिधिहरुले सरकारी निकायले जिल्लामा सेफ हाउस बनाए पछिको सन्चालनमा आफुहरुले सकिने सहयोग गर्न बताउनु भयो ।
तिनै तहका सरकारहरुको आगामी वर्षको बजेट तथा कार्यक्रम छनौट तथा तर्जुमा गर्ने समय चलिरहेकाले मुगु जिल्लामा सुरक्षित घर निर्माण र संचालनका लागि बजेटको व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकार,सामाजिक विकास मन्त्रालयमा निर्णय सहित अनुरोध गर्ने सामाजिक विकास कार्यालय मुगुका प्रमुख टोपबहादुर बुढाले जानकारी गराउनु भयो ।
सामाजिक विकास कार्यालयका प्रमुख टोप बहादुर बुढाको सभापतित्वमा संचालन भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिती मुगुका प्रमुख मन्जन बहादुर कार्की प्रमुख अथितिको रुपमा उपस्थित हुनु भएको थियो ।
जिल्लामा सुरक्षित घर नहुदा दुर दराजबाट २र३ दिन हिडेर न्याय माग्न तथा कानुनी उपचार खोज्न सदरमुकाम गमगढी आउने पीडितहरु खुल्ला बहस, बास, गाँस खर्चले झनै पीडित हुँदै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच