हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष नारायण पाण्डेयको अध्यक्षतामा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी सहित सञ्चारकर्मीको उपस्थितमा विभिन्न निर्णय गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार जिल्ला प्रशासनमा सम्पन्न भएको हो ।
हिउँदयाममा आगलागी, बालबालिका वृद्धवृद्धालाई चिसोले पार्ने असर, हिमपात लगायतका मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर जिल्ला स्थित सुरक्षाकर्मी, सम्बन्धित क्षेत्रमा काम गर्ने विभिन्न कार्यालय, जिल्लाका सबै स्थानीय तह लगायत स्थानीय व्यवस्थापन समितिले तयारी अवस्थामा बस्ने, हिमपात भएर सडक अवरुद्ध हुने हुँदा त्यसका लागि जेसिबी लगायतका मेसिन तयारी अवस्थामा राख्ने छलफल भएको थियो ।
सोमबार बसेको विपदको बैठकले जिल्लामा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत जिल्लास्थित सम्पूर्ण सरकारी र गैरसरकारी निकायहरु विपद्को पूर्व तयारी, जोखिम न्यूनिकरण, विपद् प्रतिकार्य र विपद् पुनलभि लगायतको कार्यका लागि तयारी अवस्थामा रही समग्र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताउनुभयो ।
यस्तै हिमपातको अवधिभर जिल्लामा हुन सक्ने विपद् सम्बन्धि घट्नाका सूचना संकलन तथा विश्लेषण गरी हिमपातबाट आवागमनमा हुनसक्ने अवरोधलाई हटाउन हिल्सा सिमकोट सडक आयोजना, पूर्वधार विकास कार्यालय लगायत सम्पूर्ण गाउँपालिकाको कार्यालयले विपद् व्यवस्थापनको लागि आवश्यक पर्ने यन्त्र, औजार, उपकरण सहितको जनशक्ति तयाररुी अवस्थामा राख्ने निर्णय गरिएको हो ।
बैठकमा विपद्को अवस्थामा प्रभावित घरपरिवारलाई तत्काल राहत सामग्री वितरण गर्न जिल्लास्थित गैरसरकारी निकायहरु आवश्यक तयारीको अवस्थामा रहने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।
बैठकमा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतिक्षा भारती, खानेपानी सिचाई तथा उर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाही, नेपाल टेलिकम कार्यालयका प्रमुख रिन्जीन लामा, लगायत सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच