सहकर्मी बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंका अधिकृत पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जिल्ला अदालत काठमाडौंका एकजना शाखा अधिकृत बलात्कार आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन्।

उनलाई ललितपुर प्रहरीले माघ २८ गते पक्राउ गरेको हो ।

पाटन उच्च अदालतमा कार्यरत रहँदा सँगै काम गरेकी एक कर्मचारीले गजमेरविरुद्ध बलात्कारको आरोप लगाएकी हुन् ।

स्रोतका अनुसार जाहेरवालाले २०७७ देखि गजमेरसँग चिनजान रहेको र अन्तिम पटक गत साउनमा आफू बलात्कारमा परेको उल्लेख गरेकी छिन्। तर पक्राउ परेका गजमेरले भने उजुरीको विषयमा इन्कारी बयान दिएको बुझिएको छ।

उनीमाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?