देउवासँग मिल्न गएको होइन, गठबन्धनको लागि आह्वान गरेको हुँ : रामचन्द्र पौडेल

Read Time = 2 mins

चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानको चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक परेको बताउनु भएको छ ।
चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘संविधानकै चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक परेको छ ।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीको सर्वसत्तावाद र तानाशाहीविरुद्ध लड्न सबैभन्दा पहिलो आफूले गठबन्धनको निर्माणको प्रस्ताव गरेको भन्दै उहाँले शेरबहादुर देउवासँग मिल्न गएको आरोपको पनि खण्डन गर्नुभयो ।

‘शेरबहादुर देउवासँग मिल्न गएको होइन । मैले नै गठबन्धनको लागि आह्वान गरेको हो । ओली सर्वसत्तावाद तर्फ उन्मुख हुँदै थिए । देशमा तानाशाही लाद्न खोज्दै थिए । राजनितिक स्थिरतालाइ खल्बलाउन ओली निमित्त नायक बनेर आए । नेपाली कांग्रेसको प्रतिद्वन्द्वी एमालेसँग हो । प्रचन्ड होइन । त्यसकारण प्रचन्डसँग सहकार्य गर्नु आवश्यकता हो । मिलेर यो देशको अस्थिरता को अन्त्य गर्नुछ । ओलीविरुद्धमा गठबन्धन गर्नुपरेको छ,’ उहाँले भन्नुभयो ।

सत्तारुढ गठबन्धन संसदीय निर्वाचनसम्म रहने भन्दै उहाँले कांग्रेसलाई २३ सिटबाट ९३ सिटमा पु-याउन गठबन्धन भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?