काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने भएको छ । दुवै बैंकबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै बैंकको संयुक्त मर्जर कमिटी बैठक बसी सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएका छन् ।
सम्झौतामा प्रभु बैंकतर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकतर्फबाट मनबहादुर राईले हस्ताक्षर गर्नुभएको हो । मर्जरपछि बन्ने बैंकको नाम प्रभु बैंक नै रहनेछ । सहमतिअनुसार प्रभु बैंकले सिइओ र अध्यक्ष दुवै पाउनेछ भने डेपुटी सिइओमा सेञ्चुरी बैंकका सिइओ मनोज न्यौपाने रहनुहुनेछ ।
हाल प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ भने सेञ्चुरीको नौ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ रहेको छ । मर्जरपछि चुक्ता पुँजी २२ अर्ब २६ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच