चेक गणतन्त्रको नयाँ राष्ट्रपतिमा पावेल नहराद

Read Time = 1 min

एजेन्सी । चेक गणतन्त्रको नयाँ राष्ट्रपतिमा पावेल नहराद निर्वाचित हुनुभएको छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का पूर्वमहासचिव नहराद चेक गणतन्त्रको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

चुनावी परिणाममा ६१ वर्षीय नहरादले आफ्ना प्रतिद्वन्द्वी आंद्रेज बाबिसलाई पराजित गर्दै खसेको कुल मतको ५७ दशमलव ६ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

सन् २०१७ देखि २०२१ सम्म प्रधानमन्त्री रहनुभएका बाबिसले आफ्नो पराजय स्वीकार गर्नुभएको छ । नयाँ राष्ट्रपतिमा चयन भएलगत्तै नहरादले आगामी मार्चमा दोस्रो कार्यकाल सकिन लागेका राष्ट्रपति मिलोस जेमानको स्थान लिनु हुनेभएको छ ।

बाबिस र नहरादबीचको दोस्रो चरणको राष्ट्रपतीय चुनावलाई पपुलिस्ट र उदारवादी प्रजातान्त्रिक समूहबीचको प्रतिस्पर्धाको रूपमा लिइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?