हिमालयन हाइड्रो र ग्लोबल क्यापिटबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । हिमालयन हाइड्रोपावरले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । शुक्रबार भएको सो सम्बन्धी सम्झौतापत्रमा हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत अभिषेक केसी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी २०७७ साल असोज १२ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको थियो । उत्पादित विद्युत्शक्ति राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको कम्पनीको अधिकृत पुँजी एक अर्ब ९८ करोड तथा जारी पुँजी एक अर्ब नौ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?