मेक्सिकोमा भएका हिंसामा ८ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मेक्सिको सिटी । मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएमन हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्टै हिंसामा स्थानीय रेडियो प्रस्तोतासहित कम्तीमा ८ जनाको मृत्यु भएको हो ।

पहिलो घटनामा कैदमा भएको एउटा दंगामा दुई जना कैदीको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् । सिनालोआ कार्टेललाई दंगाको कारक सिनालेआ कार्टेल रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

त्यस्तै, जुआरेजस्थित एउटा पसलमा भएको आक्रमणमा दुई महिलाको मृत्यु हनुका साथै अर्का एक जना घाइते भएका छन् । पसल र अन्य दुई परिसरमा पनि आगजनी गरिएको छ । त्यस्तै, बन्दुकधारीहरूले रेडियो स्टेशनका चार कर्मचारीहरूलाई गोली हानेर मारेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?