वडाध्यक्ष थापा मगरको निधन

Read Time = 1 min

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका(७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी भएका थापा मगरको पाँच वर्षे कार्यकाल सकिन लाग्दा आइतबार राति २ बजे आफ्नै निवासमा निधन भएको हो । गत ७ वैसाखमा उपचारका लागि नोवेल अस्पताल विराटनगरमा लगिएका थापा मगरलाई आइतबार राति ८ बजे घर ल्याइएको थियो ।

थापा मगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट वडाध्यक्षमा विजयी हुनुभएको थियो । १५ मंसिर १९९७ मा जन्मिएका उहाँ गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि हुनुहुन्थ्यो । कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीका अनुसार थापा मगरलाई अक्सिजन दिएर घर ल्याइएको थियो ।

पञ्चायत कालमा २०२२ सालदेखि राजनीतिमा लागेका थापा मगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्ष हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?