मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना

Read Time = 2 mins

काठमाडौं । अहिले देशमा स्थानीय वायु, पश्चिमी न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव कायमै छ । जसको प्रभावले गर्दा मौसम बदली हुनुका साथै बर्षाको संभावना रहेको छ ।

यसैबीच, देशका विभिन्न भागमा मंगलबार पनि बर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सफा रहनेछ । प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?