संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले काबुलस्थित रूसी दूतावासमा सोमबार भएको आत्मघाती आक्रमणको निन्दा गर्नुभएको छ । उक्त आक्रमणमा दूतावासका दुईजना कर्मचारीको मृत्यु भएको थियो ।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकले अन्तर्राष्ट्रिय मानवीय कानुन अन्तर्गत कूटनीतिक नियोगहरूसहित नागरिक र उनीहरूको स्वामित्वका वस्तुहरू विरुद्धको आक्रमणलाई कडाइका साथ निषेध गरिएको कुरा दोहोर्याउँदै जारी गरेको विज्ञप्तिमा आत्मघाती आक्रमणको निन्दा गरिएको छ । महासचिवले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
अज्ञात आतंककारीले आफ्नो दूतावासको कन्सुलर खण्डको प्रवेशद्वार नजिकै विष्फोटक पदार्थ प्रहार गर्दा दुईजना कर्मचारी मारिएका रूसी विदेश मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार दूतावासका अधिकारी अफगान सुरक्षाकर्मीसँग निकट सम्पर्कमा रहेका तथा घटनाको अनुसन्धान भइरहेको छ ।
यसैबीच, पाकिस्तानले रूसी दूतावासमा भएको घातक हमलाको निन्दा गरेको छ । उक्त आक्रमणमा एकजना रूसी कूटनीतिज्ञ र अर्का एकजना अफगान नागरिकको ज्यान गएको थियो । पाकिस्तानी विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी कूटनीतिक नियोगमा भएको हमला गम्भीर चिन्ताको विषय भएको बताउँदै आतंकवादका सबै रूप र प्रकटीकरणको पाकिस्तान सरकारले निन्दा गरेको छ ।
आक्रमणमा ज्यान गुमाएकाका परिवारजनप्रति सहानुभूति जनाउँदै विदेश मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । साथै पाकिस्तानले आतंकवाद साझा चुनौती भएकाले त्यसलाई सम्बोधन गर्न ठोस प्रयास अपरिहार्य भएको बताएको छ । रासस/सिन्हृवा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच