काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छैन । आइतबार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट निस्किन रोक लगाइएको हो ।
जबरा सर्वोच्च फर्कने तयारी गरेपछि उहाँलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रुपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि जबराले आफु आइतबार सर्वोच्च अदालत आउने बताउनुभएकाे थियाे । सरकारले आफूलाई रोक्न खोजेर अराजकता प्रदर्शन गरेको जबराकाे भनाइ छ ।
जबरााविरुद्ध १ फागुन २०७८मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो । दर्ता भएसँगै उहाँ निलम्बनमा पर्नुभएकाे थियाे ।
महाभियोगबारे प्रतिनिधिय सभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो ।
https://youtu.be/2aRP31e2bf4
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच