दाहालको ‘मेरो पत्रकारिता’ : पढेर गरेको टिपोट

✍️ तिलकप्रसाद लुइँटेल

गत मंगलबारको अंकबाट क्रमशः
(६) दरबारभित्रको रडाको, मृत्युको धम्की र गिरफ्तारी—...तेरो र तेरा सम्पादकको फुर्ती निकै रहेछ मैले चाहेँ भने गाडीको टायर र पिचका बीचमा नचिनिने गरी तेरो लास पेल्न सक्छु । धेरै बक्बक् नगर । पृष्ठ १५४
(७) वियरको चुस्की—...सामु म लज्जित र अपमानित भएको ठानेँ । आश्चर्य के भयो भने मेरो यो अनुभूतिसँगै ‘मात’ सर्लक्क उत्रियो । म चुपचाप ‘अपराधबोध’ गर्दै सुत्न गएँ । पृष्ठ १५७
(८) कपास रिपोर्ट र बिहेको टुङ्गो—...सन्दर्भ लेख्ता अर्को कृतिमा यसको चर्चा गर्नेछु । यसपछि म त्यस बेला नेपालगञ्जमा रहेको कपास कारखानासमेत पुगी विवरण बोकी काठमाडौँ फर्किएँ । पृष्ठ १५९
(९) दुई पात्रका विचार—...‘यो टेप लगेर तपाईंका मालिकलाई सुनाइदिऊँ कि के ? हाम्रो साखमाथि प्रश्न गर्ने ?’ जस्ता आक्रामक शैलीमा हप्काउनुभयो । भोलिपल्ट प्रेसमा नै आएर उनले माफी माग्दै आफ्नो रोजगारी नछिनिदिन अनुरोध गरेपछि हामी चुप लाग्यौँ । पृष्ठ १६०

किसुनजीको पराजय नवस्थापित लोकतन्त्रको ‘मुना’ भाँच्ने काम थियो भन्ने मेरो प्रबल मान्यता छ, जुन अत्यन्त सुनियोजित थियो । प्रजातन्त्रका पक्षमा पत्रकारिता गर्ने राष्ट्रपुकार, पुनर्जागरण देशान्तर, नेपाल जागरण... ।

(१०) पद्मरत्नको अन्तर्वार्ता—...घरमा म पुगेँ र अन्तर्वार्ता लिएँ । लामो अन्तर्वार्ता थियो त्यो । अन्तर्वार्ता सकेर म बेँगलुर कफी हाउस दरबारमार्ग पुगेँ र खाजा र कफी मगाउँदै अन्तर्वार्ता सार्न सुरु गरेँ । तर, टेप खाली रहेछ । रेकर्ड नै भएको रहेनछ । पसिना छुट्यो । पृष्ठ १६०
(११) चाउचाउ युद्ध—...व्यक्तिसँग काम गर्न पाएँ । मेरा पुस्ताका कुनै पनि पत्रकारका लागि यो अत्यन्त गौरवको विषय हो । सकेसम्म म तीनै जनासँग सिकेका सकारात्मक कुरालाई अवलम्बन गर्ने प्रयास गरिरहेको छु । पृष्ठ १६३
छैटौँ खण्डमा शीर्षक—...दोस्रोपटक राष्ट्रपुकारमा भन्ने छ । यसको थालनी पृष्ठ १६५ बाट भएर अन्त पृष्ठ २०० मा भएको छ । यसमा जम्मा १६ वटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्या समेत यस प्रकार छन्—
दोस्रोपटक राष्ट्रपुकारमा—...आदि अनेक पत्रकारहरूको ठूलो शक्ति बनिसकेको थियो । वैचारिकरूपले भिन्न आस्था भए पनि प्रेसमा मानिस आउँदै थिए । निर्दलीय पद्धतिमाथि प्रेसको शक्ति र दबाब बढ्दै गयो । पृष्ठ १६८
(१) गिरिजाप्रसादको झोला र भूकम्प—...संकलन तथा वितरण गर्न लाग्दा पक्रने र थुन्ने काम गर्न थाल्यो । कांग्रेसहरू पनि भूकम्पलाई राजनीतिक प्रचारको रूपमा प्रयोग गर्न चाहन्थे । पक्ष/विपक्षको यो खेल हेर्दा राजनीति यथार्थमा विवेकही स्वार्थको खेलजस्तो लाग्दछ । पृष्ठ १६९

(२) भरतमोहन वामपन्थी कि कानुन व्यवसायी ?..मेरो प्रश्नको लगत्तै उहाँले मलाई चकित पार्दै उत्तर दिनुभयो– ‘मलाई वामपन्थी नेता वा बुद्धिजीवी नभन्नुहोला । म कानुन व्यवसायीका नाताले मात्रै केही भन्छु । मेरा दाइ... ।’ पृष्ठ १७१
(३) कम्युनिष्टका घरमा नोकर ?—...संकेत गर्दै सोधेँ–‘उहाँ को हुनुहुन्छ, तपाईंको भाइ ?’ वामपन्थी नेता एनकेको उत्तर थियो– ‘होइन त्यो केटा नोकर हो । घरको काम र भात भान्सा हेर्न राखेको हो ।’ पृष्ठ १७२
(४) आन्दोलनको ज्वारभाटा—...आउनुपर्छ । तर सुदूरपश्चिमबारे कुनै जानकारी आउँदैन । तपाईं त्यता जान सक्नुहुन्छ भने कैलाली कञ्चनपुर पुगेर जानकारी ल्याउनुप¥यो । पृष्ठ १७३
(५) पार्टीका लागि यात्रा र भ्रम—...थारू समुदायको विशेष पर्व हुँदोरहेछ । पालियाबाट गौरीफन्टा जाने बस चढ्न असाध्यै असाध्यै गा¥हो भयो भीडले । बल्ल ड्राइभरले...। पृष्ठ १७४
(६) संक्रमणको मेसो—...उहाँ कथा पनि लेख्नुहुँदो रहेछ । केही समयपछि बहिदारको लेखनी वा त्यस्तै केही शीर्षकमा कथा–संग्रह पनि प्रकाशित गर्नुभयो । त्यस दिनबाट...। पृष्ठ १८१
(७) सिनेमाको भूत—...पैसा ब्याजमा खोजेँ र ७५ हजार दिएँ । तर त्यो सिनेमा निकैपछि पूरा भएछ । निर्माता ‘राज भाइ’ ‘टाप’ कसे । मेरो त्यो पैसा डुबेर गयो । अनेक...। पृष्ठ १८२
(८) नूतनदेव र नयाँ पञ्चको नैतिकता—...पञ्चहरूका प्रचारयन्त्रहरू पनि उधुम खनिँदै थिए । त्यस बेलाका झण्डै असी प्रतिशत पत्रिका सरकारी पक्षमा जासुसी गर्न वा पक्षपोषण गर्न सरकारले त्यसमा ठूलो लगानी गरेको थियो । पृष्ठ १८३
(९) आन्दोलनको निर्णय—...पसार्न पुगेका थिए । त्यस्ता अनेक पञ्चरस पिउनेहरू अहिले ठूला कांग्रेस, एमाले वा माओवादी भएर ती दुःखका दिनमा पसिना एकाठाउँ गर्ने योद्धालाई डस्ने काम गरिरहेका छन् । पृष्ठ १८५
(१०) डिबी लामाको मुस्कान—..दरबारभित्रका अनेक मानिसहरू अनेक काम गर्दथे र त्यसलाई ‘सहयोग’ गरिरहनुपर्दथ्यो । तर, दरबारभित्र धीरेन्द्र कमजोर भएपछि उनीसँग निकटविरुद्ध कारबाही सुरु भयो र त्यसमा डिबीहरू...। पृष्ठ १८८
(११) कृष्णविनोद र सहिद बम—..आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न राजाले आग्रह गरे पनि उहाँले भट्टराईलाई प्रस्तावित गर्नुभयो । राजनीतिक उदारता, सदाशयता, अनाशक्तता जे भने पनि सिंहको यो महानता थियो । पृष्ठ १८९
(१२) पविर्तनपछिको नयाँ यात्रा—‘...त्यही सुनेका छन् । त्यसैले प्रजातन्त्रको सिद्धान्त, संस्कृति र व्यवहारका बारे शिक्षा, सूचना र ज्ञान हुने गरी रेडियो नेपालमा म कार्यक्रम चलाउन चाहन्छु अरू मलाई केही चाहिँदैन ।’ पृष्ठ १९०
(१३) राष्ट्रपुकारको पीडा—...कुनै नेताको त्यसरी पोष्टर छपाइदिएको पैसा आफूले प्रेसमै काम गरी चुक्ता गरे । तर ती नेताहरूका काठमाडौँमा दुई तीनवटा घर, गाडीदेखि... । पृष्ठ १९२
(१४) किसुनजीको पराजय–नसुल्झिएको प्रश्न—...नवस्थापित लोकतन्त्रको ‘मुना’ भाँच्ने काम थियो भन्ने मेरो प्रबल मान्यता छ, जुन अत्यन्त सुनियोजित थियो । प्रजातन्त्रका पक्ष्मा पत्रकारिता गर्ने राष्ट्रपुकार, पुनर्जागरण देशान्तर, नेपाल जागरण...। पृष्ठ १९३
(१५) राष्ट्रपुकारको आरोह–अवरोह—...दुई सय पाँच स्थानको संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिस्पर्धामा अनिवार्य निर्णायक शक्ति स्थापित भयो । यसपछिको गठबन्धन खेलका कारण...। पृष्ठ १९६
(१६) घरको प्रसंग जो आवश्यक छ—...मैले यसबीचमा सरकारी तौरमा चीन, जापानसहित स्वतन्त्ररूपमा विदेश जाँदा बचेको दैनिक भत्तासमेत यसमा खर्च हुन पुग्यो । पृष्ठ २००
सातौँ खण्डमा शीर्षक—...रेडियो नेपालमा कार्यक्रम घटना र विचार भन्ने छ । यसको थालनी पृष्ठ २०१ बाट भएर अन्त पृष्ठ २८८ मा भएको छ । यसमा जम्मा ३८ वटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्यासमेत यस प्रकार छन्—
(१) लेख्न बस्दाको पृष्ठभूमि—....स्थानीय सत्ता कब्जा गरी कांग्रेसीलाई सत्ताच्युत गराउन प्रखर नाराका साथ मैदानमा उत्रिएका एमालेका प्रखर हस्तीको यो कथन मेरालागि...। पृष्ठ २०४
(२) मदन भण्डारीबारे ममा बसेको धारणा—..मैले त्यसैगरी ठट्टामा भनेँ–‘आखिर कांग्रेस र एमालेमा नाउँ मात्र त फरक हो । नाउँबाट ‘एमाले’ र झण्डाबाट ‘हँसिया हथौडा’ झिकेमा कुन कांग्रेस, कुन कम्युनिस्ट छुट्याउन गाह्रो हुन्छ ? दलीय व्यवस्थामा दल...।’ पृष्ठ २०५
(३) जे भए पनि प्रदीपजीलाई धन्यवाद-म उहाँलाई उहाँले देखाउनुभएको हार्दिकतापूर्ण व्यवहार र सञ्चारमन्त्रीले मप्रति प्रकट गर्नुभएको सदाशयलाई मैले मेरो सम्मान ठानेको छु र धन्यवाद दिन चाहन्छु । पृष्ठ २०८
(४) घटना र विचार नामकरण—..सँगसँगै फहराउन सुरु गरेका चार तारा र हँसिया हथौडाको दिशा बदलिन थालेको थियो र पराजित दरबारिया शक्ति नयाँ संविधान आफ्ना पक्षमा ल्याउन... । पृष्ठ २१०

काम गर्दा प्रहरी, अनुसन्धान, सुरक्षा र अन्य गुप्तचर संस्थाहरू, कानुन व्यवसायी, न्यायाधीश र न्यायालयहरू, जनस्वास्थ्य, प्रशासन, व्यापारी, उद्योगी, बुद्धिजीवी, ट्रेडयुनियनहरू, कार्यकर्ता, पत्रकार, सबैतिरबाट सूचनाहरू आउँथे ।

(५) रेडियो नेपालको तत्काल विगतको छवि—...हुनेहरूले बारम्बार स्पष्टीकरण, चाकरीदारलाई दिइने खप्की जस्तै भोग्नुपर्ने खप्की ‘माइक वा कलम’ नदिएर महिनौँ तलब रोक्काजस्ता समस्याहरू भोग्नुपथ्र्यो । पृष्ठ २११
(६) नयाँ विवाद र दरबारको खेल—...पार्टीको प्रतिनिधिका रूपमा मन्त्री बनाइनुभएको होइन । मलाई प्रधानमन्त्रित्व दिइएपछि व्यक्तिगतरूपमा नियुक्त हुनुभएको हुनाले मोर्चा टुटे पनि फुटे पनि उहाँहरूले राजीनामा दिनुपर्दैन । पृष्ठ २१९
(७) स्वरसम्राटको सम्मान—हामीलाई दिएको दबाब र अर्को व्यक्ति नियुक्त गर्ने भनी दिइएको संकेतविरुद्ध मूलरूपमा कांग्रेस कार्यकर्ताहरू माझ चर्को प्रतिक्रिया पैदा भयो । पृष्ठ २२१
(८) सञ्चारमन्त्री बनाउन आग्रह—...वक्तव्य दिन कुनै कठिनाइ हुँदैन । तर, हामीहरूलाई हटाउने निर्णय आज हुँदै छ । यदि हटाइयो भने यो अन्तर्वार्ता मसँग नै रहन्छ ।’ र मैले बागबजार कार्यालयमा भएको कुरा सुनाएँ । पृष्ठ २२३
(९) मदन भण्डारीको योगदान—...टिप्पणीबाहेक कुनै खराबी त्यतिबेला सुनिएन तर जनआन्दोलनका समय पञ्चायती शासनका तर्फबाट भएको ज्यादतीबारे छानबिन...। पृष्ठ २२७
(१०) किसुनजीको पराजय र कारण—...काम गर्दा प्रहरी, अनुसन्धान, सुरक्षा र अन्य गुप्तचर संस्थाहरू, कानुन व्यवसायी, न्यायाधीश र न्यायालयहरू, जनस्वास्थ्य, प्रशासन, व्यापारी, उद्योगी, बुद्धिजीवी, ट्रेडयुनियन, कार्यकर्ता, पत्रकार, सबैतिरबाट सूचनाहरू आउँथे । पृष्ठ २२८
(११) गिरिजाप्रसादको सत्तारोहण र कर्मचारी आन्दोलन—...गुत्थीदेखि कर्मचारी आन्दोलनसम्म भारतीय गुप्तचर संस्था ‘र’ देखि नेपालका कम्युनिष्टसम्म करिब चार घण्टा उनका अनुभव र तर्कहरू मैले सुनेँ । पृष्ठ २३१
क्रमशः

https://ehimalayatimes.com/2022/09/44842/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?