अतिवादीको अपहरणमा परेका पाक मन्त्री रिहा

हिमालय टाइम्स
Read Time = 2 mins

इस्लामाबाद । पाकिस्तानमा अतिवादी समूहको अपहरणमा परेका एक मन्त्री सकुशल रिहा भएका छन् । गिलगिट–बाल्टिस्तान क्षेत्रबाट अपहरणमा परेका मन्त्री अबैद उल्लाह बेग वार्तापछि सकुशल रिहा भएका हुन् । उनीहरुलाई अतिवादीले शुक्रबार अपहरण गरेका थिए ।

शुक्रबार राति इस्लामावादबाट बाबुसर जाँदै गर्दा उनको अपहरण भएको थियो । तर, पछि विद्रोहीसँगको वार्तापछि बेगलाई शनिबार बिहान रिहा गरिएको पाकिस्तानस्थित मिडिया पोर्टल मिनेट मिररले जनाएको छ ।

मिररका अनुसार अतिवादी कमाण्डर अब्दुल हमिदले पाकिस्तानी मन्त्रीलाई रिहा गर्न शर्त राखेका थिए । हमिदले गिलगिट बाल्टिस्तान सरकारलाई नागा पर्वतमा भएको अतिवादी घटनामा संलग्न सशस्त्र व्यक्तिहरूलाई रिहा गर्न माग गर्दै १० दिनको समयसीमा दिएका थिए ।

सन् २०१३ मा एउटा हमलामा अर्धसैनिक प्रहरीको पोशाक लगाएका बन्दुकधारीहरूले नागा पर्वतमा गरेको हमलामा १० विदेशी पर्यटकको मृत्यु भएको थियो । हत्यामा संलग्न केही अतिवादीलाई सरकारले नियन्त्रणमा लिएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?