यस्तो छ तपाईंको चैत १४ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ चैत्र १४ गते मंगलबार, ई.सं २८ मार्च, २०२३ । तिथि- चैत्र शुक्लपक्ष सप्तमी, नक्षत्र- मृगशिरा, योग- सौभाग्य, करण- गर, चन्द्रराशि- वृष, सूर्योदयः ६ः०२, सूर्यास्तः १८ः१८ ।

मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

वृष : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मिथुन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

सिंह : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

कन्या : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

तुला : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

वृश्चिक : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

धनु : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

मकर : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

कुम्भ : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

मीन : स्थायी भन्दा अस्थायी पेसाबाट बढी फाइदा हुने समय छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?