खुला टेबलटेनिस हुने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता असार १४ गतेदेखि हुने भएको छ । टेबलटेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाउनुभएको छ । सेलिशा क्यान्सरबाट पीडित हुनुहुन्छ ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स, भेट्रान पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र भेट्रान महिला खुला सिंगल्स गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । तीनदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?