सप्तरीमा १८ जना महिला उम्मेदवार

Read Time = 4 mins

राजविराज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ सप्तरीमा १८ जना महिला उम्मेदबार बनेका छन् ।

सप्तरी निर्वाचन कार्यालयमा कुल १ सय ८१ जनाको उम्मेदबार बनेकोमा १८ जना महिलाको मात्रै मनोनयन पत्र दर्ता भएका छन् ।
प्रतिनिधीसभामा ५ जना महिलाले उम्मेदबारी दिँदा प्रदेश सभामा १३ जना महिलाको उम्मेदबारी परेको छ ।
प्रतिनिधीसभामा क्षेत्र नम्बर १ बाट टिकालक्ष्मी चौधरीले उम्मेदवारी दिनुभएको छ । उहाँ नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन पत्र दर्ता गराउनु भएको हो ।
प्रतिनिधी सभा सदस्य पदका लागि क्षेत्र नम्बर २ बाट तीन जना महिलाको उम्मेदवारी परेको छ । नेपाल संघीय समाजवादी पार्टीबाट प्रमिला देवी मण्डल, पिछडावर्ग निषद दलित जनजाती पार्टीबाट सुमित्रा मण्डल र नेपाली जनता दलबाट चन्द्र कुमारी देवले उम्मेदवारी दिनुभएको छ ।
क्षेत्र नम्बर ४ बाट माधुरी कुमारी साहको प्रतिनिधी सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी परेको छ ।
प्रदेश सभातर्फ १ को९‘क० बाट शशीकला कुमारी चौधरी र १ को (‘ख) सुनिता कुमारी मलाहले उम्मेदबारी दिनुभएको छ । चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र मलाहले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट उम्मेदबारी दिएकी छन् ।
निर्वाचन क्षेत्र नम्बर २ को ९‘क० बाट तीन जना महिलाको उम्मेदबारी परेको छ । चन्द्रकला सिंह र पुनिता कुमारी ठाकुरले स्वतन्त्र उम्मेदबारी दिँदा बिणा देवी यादवले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट उम्मेदबारी दिनुभएको छ ।
सो निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट पनि तीन जना महिलाको उम्मेदवारी परेको छ । प्रतिमा कुमारी देवले नेपाली कांग्रेस (विपी) बाट उम्मेदबारी दिँदा सकुन्तला देवी यादव र रिंकु देवी यादवले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ ।
क्षेत्र नम्बर ३ को (क) बाट गिरिजा कुमारी चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदबारी दर्ता गराउनु भएको छ । क्षेत्र नम्बर ३ को ‘ख’ बाट ऐलिना आचार्यले राप्रपाबाट र डोमनी देवी रामले राप्रपा नेपालबाट उम्मेदबारी दिनुभएको छ ।
क्षेत्र नम्बर ४ को (क) बाट चिन्तादेवी सिंहले स्वतन्त्र उम्मेदबारी दिँदा क्षेत्र नम्बर ४ को (ख) बाट ललिता देवी लताले स्वतन्त्र रुपमै उम्मेदबारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?