पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो छ आजको मौसम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहीबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?