बारा-२ अपडेट : उपेन्द्र यादवलाई पाँच हजार बढीको अग्रता

हिमालय टाइम्स
Read Time = 2 mins

बारा । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।

पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राख्नुभएको छ ।

उहाँले १७ हजार ३९३  मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १२ हजार १९० मत ल्याएर पछ्याइरहनु भएको ।

यसैगरी, एमाले पुरूषोत्तम पौडेलले ५ हजार ३१५ मत ल्याउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाउनु भएको छ ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले एक हजार ६ सय २७ मत पाउनु भएको छ ।

कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताउनु भयो । ‘अहिले गणना भईरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन,’ यादवले भने, ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसंग प्रतिक्रिया दिनेछु । ’

यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?