काठमाडौं । वायु प्रदुषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द रहने भएका छन् । भारतको राजधानी दिल्ली र वरपरको वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आईतवार घोषणा गर्नुभयो । मन्त्रीले प्राथमिक विद्यालय बन्द रहने भएपनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताउनुभयो ।
दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आईतवार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । विगत केही दिनदेखि दिल्ली र यसको वरपरका क्षेत्रहरू धुवाँले ढाकेको छ । धेरै मानिसहरूले आँखा चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन् ।
नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनाहरूमा दिल्लीमा वायु प्रदुषण सामान्यतया बढ्छ । नजिकैका राज्यहरू, विशेष गरी पञ्जाव र हरियाणाका किसानहरूले पराल जलाउनुलाई प्रायः प्रमुख कारणको रूपमा उद्धृत गरिएको छ । अन्य कारणमा सवारी प्रदुषण समावेश छ । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच