तीन महिनामा ९९ लाख बराबरको अवैध सामान बरामद

हिमालय टाइम्स
Read Time = 3 mins

राजविराज । सप्तरी प्रहरीले तीन महिनाको अवधिमा ९९ लाख बराबरको अवैध सामानहरू बरामद गरेको छ ।

प्रहरीले चालु आ.ब.को तीन महिनाको अवधिमा ९९ लाख ३४ हजार ३ सय ८३ रुपैयाँ मूल्य बराबरको भन्सार छलिका विभिन्न समान बरामद गरेको हो ।

प्रहरी उपरीक्षक अविनारायण काफ्लेका अनुसार गत आ.ब.२०७८÷०७९ मा २ करोड ६२ लाख ७५ हजार ८ सय ८९ रुपैयाँ बराबरको अवैध सरसमान जफत गरी भन्सार कार्यालयमा बुझाइएकोमा चालु आ.ब.०७९/०८० को श्रावण, भदौ, असोज गरी ३ महिना मै ९९ लाख ३४ हजार ३ सय ८३ रुपैयाँ बराबरको भन्सार छलिका अवैध सरसमान बरामद गरिएको छ ।

खुल्ला सीमा नाकाको प्रयोग गर्दै तस्करहरूले भारतीय बजारबाट नेपाली बजारमा चोरी पैठारी गर्दै मालसमानहरू भित्र्याइरहेको सूचनापछी चेक जाँचमा कडाइ र निगरानी बढाइएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ छ ।

भन्सार छलेर ल्याइएको सरसमानमा सबभन्दा बढी किराना, पान मसाला, लत्ताकपडा र इलेक्ट्रोनिक सर मासनहरु रहने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै तीन महिना कै अवधीमा अवैध सरसमान ओसार पसारमा प्रयोग गरिएका तथा भन्सार नकाटी सञ्चालन गरिएका ठूलो सङ्ख्यामा सवारी साधन समेत जफत गरी भन्सार चलान गरिएको छ ।

तीन महिनाको अवधीमा यसरी जफत गरिएका सवारी साधनहरूमा सव भन्दा बढी ७६ वटा मोटरसाईकल छन् । यस्तै टेम्पो अटो ३, पिकअप भ्यान र सिटी रिक्सा २/२ र १/१ वटा कार तथा ट्रक समेत नियन्त्रणमा लिई भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीले बुधबार मात्रै भन्सार छली ल्याइएका १ लाख भन्दा बढीको सरसमान पक्राउ गरी भन्सार कार्यालय बुझाएको थियो । प्रहरीले विहीवार पनि ८९ हजार ८ सय ५० रुपैयाँ भन्दा बढीको अवैध सरसमान जफत गरी भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं सूचना अधिकारी नरेश कुमार सिंहका अनुसार भन्सार छलेर भारतबाट ल्याइएका ८९ हजार ८ सय ५० रुपैयाँ भन्दा बढीको किराना, लत्ताकपडा तथा भाडा वर्तन लगायतका अवैध सरसमान राजविराज नगरपालिका ८ स्थित सडक खण्डमा चेकजाँचको क्रममा बरामद गरिएको हो ।

प्रहरीले यस अघि बुधवार पनि छिन्नमस्ता गाउँपालिका क्षेत्रबाट ५८ हजार २ सय ३६ तथा मंगलबार १ लाख भन्दा बढीको भन्सार छलेर ल्याइएका अवैध सरसमान जफत गरी भन्सार कार्यालयमा बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?