काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना आजैबाट हुने जनाएको छ ।
आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ । उक्त निर्वाचनको मतगणना आइतबार राति ९ बजेबाट सुुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयाे ।
भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उहाँले काठमाडौंसहित तराईका जिल्लामा आइतबारबाटै मतगणना हुने जानकारी दिनुभएकाे हाे ।
हिमालीको जिल्लाको सोमबार बिहान ५ बजेबाट मतगणना सुरु हुने जानकारी दिदै उहाँले प्रत्यक्षतर्फको ८ दिनभित्र र समानुपातिक तर्फको २२ मंसिरभित्र नजिता राष्ट्रपतिलाई बुझाउने जानकारी दिनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच