रुपन्देहीमा ६६ प्रतिशत मतदान, राति १० बजे देखि मतगणनाको तयारी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ ।जिल्ला निर्वाचन कार्यालयका अनुसार अन्तिम विवरण भने अझै आइसकेको छैन ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र एक घण्टाभित्रै अन्तिम विवरण आइसक्ने बताउनु भयो ।बिहानदेखि नै मतदाता आउने क्रम जारी रहे पनि स्थानीय तहको निर्वाचन जस्तो उत्साह मतदाताहरूमा नदेखीएको बताउनु भयो ।
जिल्लाका अधिकांस मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभयो ।
रुपन्देहीमा २०८ मतदान स्थलमा ७०२ मतदान केन्द्र छन् । पाँचवटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजे देखि मतगणनाको तयारी भइरहेको जनाएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी मतदान स्थलमा तैनाथ छन् । मतदानस्थलमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । १२ वटा अनुगमन टोलीले हरेक निर्वाचन क्षेत्रको अनुगमन गर्नेछ ।
कार्यालयका अनुसार जिल्लामा राष्ट्रिय दल सहित ३६ राजनीतिक दल मध्ये २८ राजनितिक दल चुनावी प्रतिष्पर्धामा सहभागी छन् । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १५ पदका लागि २०३ जनाले उम्मेदवारी दिएका छन । ८ अन्य, ३ लाख २७ हजार ४ सय ३३ पुरुष र ३ लाख ११ हजार ५ सय ११ महिलाले मत हाल्न पाउनेछन् ।६ लाख ३८ हजार ९सय ५२ जना रहेको रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?