बुटवल । नेपाल बैंकले बुटवलको चौराहामा शुक्रबार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल बैक सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिकाका खेलराज पाण्डेयले संयुक्तरूपमा शाखाको उद्घाटन गर्नुभएको हो ।
ज्ञवालीले प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारमा जोड दिएको बताउनुभयो । नगर प्रमुख पाण्डेयले नाफामात्रै नहेरी व्यवसायीलाई समस्यामा नपर्ने गरी सहयात्रीका रूपमा बैंकले काम गर्नुपर्ने बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले शाखा विस्तारले बुटवलको विकासमा सहयोग पुग्ने र बैंकको नाफा देश विकासकै लागि खर्च हुने भएकाले पनि सरकारी बैंकसँग कारोबार गर्न उपयुक्त हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच