युभेन्ट्सको सहज जित

Read Time = 1 min

टुरिन । युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा घरेलु टोली सालेरनिटानामाथि तीन-शून्यको सहज जित हात पारेको छ । खेलको २६औँ मिनेटमा डुसान भ्लाहोभिचले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई एक-शून्यको अग्रता दिलाउनुभएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा फिलिप कोस्टिकले युभेन्ट्सको अग्रता दोब्बर पार्नुभयो । दोस्रो हाफको सुरुमै डुसानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै युभेन्ट्सलाई तीन-शून्यले जित दिलाउनुभयो ।

यस जितसँगै युभेन्ट्स २१ खेलबाट २६ अंक जोडेर १०औँ स्थानमा उक्लिएको छ । पराजित सालेरनिटाना २१ खेलबाट २१ अंक जोडेर १६औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?