काठमाडौं । एनआइबिएल एस क्यापिटल र दुगड हेल्थ केयरअन्तर्गतको कम्पनी एचएमडिएलबीच लगानी सम्झौता भएको छ । सम्झौतापत्रमा एनआइबिएलका प्रमुख कार्यकारी अधिकृत शिवन्थबहादुर पाण्डे र एचएमडिएलका प्रमुख कार्यकारी अधिकृत तथा भाइस चेयरम्यान अभिषेक दुगडले हस्ताक्षर गर्नुभएको हो ।
कम्पनीका अनुसार भारतको सबैभन्दा ठूलो सल्ट टु सफ्टवेयर कम्पनी टाटा ग्रुपको पूर्ण स्वामित्वको कम्पनी टाटा मेडिकल एण्ड डायग्नोस्टिक्ससँगको सहकार्यमा एचएमडिएल मेडिकल उपकरण रिएजेन्ट्स, फर्मास्युटिकल ड्रग्स एवं औषधिलगायत सामान विकास, उत्पादन र बजारीकरणमा मेडिकल टेक र डायग्नोस्टिक क्षेत्रको अग्रणी कम्पनी बन्न पुगेको छ ।
कोरोनाकाल सन् २०२१ मा स्थापित एचएमडिएलले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्सद्वारा उत्पादित पिसिआर किट्स आयात गरेर नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । साथै एचएमडिएलले टाटाद्वारा निर्मित नेपालको पहाडी क्षेत्रका अति नै दुर्गम क्षेत्रमा पनि पुग्न सक्ने मोबाइल डाइग्नोस्टिक भ्यान पनि ल्याएको छ । कम्पनीले टाटासँगको सहकार्यमा नेपालभर हाइटेक फ्युचरिस्टिक डायग्नोस्टिक केन्द्र स्थापना गरी विभिन्न उत्पादन र सुविधा प्रदान गर्ने योजना बनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच