धर्नामा बसेका अधिवक्तालाई पूर्वमहान्यायाधिवक्ता संग्रौलाको प्रश्न : नेताको चाकरी गर्ने तपाईं कति ठिक ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले जबरासहितलाई पत्र दिएपछि अहिले सर्वोच्च अदालतको गेटमा कानुन व्यवसायी धर्नामा बसेका छन् ।

कानुन व्यवसायीको प्रदर्शनपछि गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले बुधबार जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ ।

उक्त पत्र पाएपछि बुधबार नै जबरा हाजिर हुन सर्वोच्च अदाललत जाने तयारीमा हुनु हुन्छ । उहाँलाई रोक्न सर्वोच्च गेटमै रोक्न केही कानुन व्यवसायी धर्नामा बसेका छन् ।

यसरी धर्नामा बसेका कानुन व्यवसायीलाई पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने तपाईं कति ठिक भन्दै प्रश्न गर्नुभएकउो छ ।

‘विद्वान भनिने वकिलले जोकर हुनु कति ठिक ? चोलेन्द्र ठिक छन् भन्दिनँ, तर अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने तपाइँ कति ठिक ?,’ उहाँले फेसबु्कमा लेख्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?