दराजको ‘महाबचत बजार’ अभियान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दराज नेपालले २०२३ का लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ । अभियानमा दराजले ७० प्रतिशतसम्म छुटको मेगा डिल अफर ल्याएको छ । दराजले अनलाइन सपिङमा अफरका साथ झन्झटरहित सपिङ, सामान डेलिभरी र अन्य थुप्रै सेवा प्रदान गर्छ ।

दराजले इ-सेवा, आइएमई पे र अन्य बैंकमार्फत् प्रि-पेमेन्टको पनि व्यवस्था गरेको छ, जसमा ग्राहकले १० प्रतिशत, अधिकतम् एक हजार र १५ प्रतिशत अर्थात् अधिकतम् एक हजार पाँच सय रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । त्यसगैरी अभियानको गिभ अवे प्राइजमा विभिन्न होम अप्लाइन्सेज समावेश छन् । पुरस्कार जित्न ग्राहकले न्यूनतम् तीन हजार पाँच सय रुपैयाँको प्रि-पेमेन्ट गर्नुपर्नेछ ।

महाबचत बजारका बारेमा बोल्दै दराजकी मार्केटिङ हेड विधा प्रधानले भन्नुभयो, ‘यस महाबचत अभियानमा ग्राहकले दराजबाट सामान खरिद गर्दा आकर्षक डिस्काउन्टको फाइदा लिई बचत गर्न सक्नेछन्, दराज एपमा गई सपिङको मज्जा लिन हामी ग्राहकवर्गमा अनुरोध गर्दछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?