क्वालालम्पुर । मलेसियाको सेलान्गोर राज्यमा पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको छ । बिदा मनाउन गएकाहरू बसेको एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको बताइएको हो । पहिरोमा अझै केही मानिस हराइरहेका समाचारहरूमा जनाइएको छ ।
बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो । पहिरो जाँदा उनीहरू पालमा सुतिरहेका थिए । सयौं उद्धारकर्ताहरूले शुक्रबार बाँचेकाहरूको खोजी गर्न माटो पन्छाएका थिए ।
फार्मका प्रबन्धकहरूले कम्तिमा ३० बालबालिका र ५१ वयस्कले रातभर बस्नका लागि नाम दर्ता गराएको बताए । १४ जना हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । खोजी तथा उद्धार कार्यमा ७०० अधिकारीहरू परिचालन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच