वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने झलनाथ खनालको प्रस्ताव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एकीकृत समाजवादी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुने शर्त अघि सार्नु भएको छ ।

सोमबार बसेको पार्टीको पोलिट्ब्युरो बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा जान सकिने बताउनुभएको हो ।

तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरुबीच कार्यगत एकता भएमा सरकारमा सहभागी हुन सकिने खनालको प्रस्तावमा उल्लेख छ ।

आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त रहेका वामपन्थीहरुलाई अहिले मिलाउन र एकरुपता कायम गर्न नसकिने भन्दै उहाँले साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प नरहेको बताउनुभयो ।

एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?