काठमाडौं । नूतन श्रेष्ठले ‘मिष्टर ग्लोबल’मा नेपालको प्रतिनिधित्व गर्ने हुनुभएको छ । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाउन लागेको हो । यस वर्ष ‘मिष्टर वल्र्ड’ आयोजना नहुने भएकाले श्रेष्ठलाई ‘मिष्टर ग्लोबल’ मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी गराउनुभयो ।
अगामी फेब्रुवरी २ देखि १२ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगितामा उहाँ नेपाली कलासंस्कृतिसहित सहभागी हुन लाग्नुभएको हो । श्रेष्ठ ‘मिष्टर नेपाल वल्र्ड २०२२’का विजेता हुनुहुन्छ । ‘मिष्टर ग्लोवल’को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच