नेपाल टी-२०: शीर्ष स्थानको लुम्बिनीलाई जनकपुरले हरायो

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी-२० लिगको  शुक्रबार भएको खेलमा जनकपुर रोयल्सले शीर्ष स्थानको लुम्बिनी अल स्टारलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनी २३ रनले पराजित भएको हो । लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र जोडेको थियो ।

लुम्बिनीका अनिल साहले ३५, लहिरु मिलन्थाले ३२, सुनील धमलाले २७ र गुल्सन झाले १० रन जोडे भने जनकपुरका ट्रिभोन ग्रिफिथले ३, समिउल्लाह सिन्वारीले २ र ललित राजवंशीले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । जनकपुरका लागि ग्रिफिथले ४७, सरफुद्दिन अस्रफले ३४, खड्क बोहराले २२, समिउल्लाह सिन्वारीले २० र दिलीप नाथले १० रन जोडे ।

लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले समान २ र इसान पाण्डे र प्याट ब्रोनले एक/एक विकेट लिए । जनकपुरसँग पराजित भए पनि लुम्बिनी लिगको शीर्ष स्थानमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?