तराईमा बाक्लो हुस्सु, उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशभरको हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भू-भागमा तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । यस्तै सुदूरपश्चिम , कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै तथा बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ ।

देशभरको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र तराईमा बाक्लो हुस्सु लाग्ने भएकोले दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभावपर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?