पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज विहान पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गर्नुभएको हो ।

जारी विज्ञप्तिमा आज पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको उल्लेख छ । साथै विमान दुर्घटनामा परी जीवन गुमाउनेका परिवारप्रति समवेदना समेत व्यक्त गर्नुभएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?