रामग्राममा ५ करोडको लगानीमा फुटबल स्टेडियम

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ स्थित जितपुरमा ६ सय सिट क्षमता भएको सुविधा समपन्न फुटबल स्टेडियम निर्माण हुने भएको छ ।

नवलपरासीको रामग्राममा ५ करोड १० लाख २६ हजार २ सय १२ रुपैयाको ६ सय सिट रहने गरी ठेक्का सम्झौता भएको नगर प्रमुख यादवले बताउनु भयो । उहाँका अनुसार फुटबल स्टेडियमको कुल अनुमानित ६ करोड ९ लाख ७५ हजार ४ सय ८९ रुपैया लागत रहेको छ ।

ब्रम्हायणी बिरुपाक्ष बिज्ञान जे भि झापाले २०८० असार ७ गते ठेक्का सम्झौता गरि आउदो वर्ष भदौ मसान्त सम्म सम्पन्न हुने गरि सम्झौता भएको ४ नं का अध्यक्ष मदन यादवले जानकारी दिनु भयो । स्टेडियममा व्यापारीक सटर, चेन्जिङ रुमको सुविधासहित अपांग मैत्री बन्ने छ ।

शिलान्यास कार्यक्रममा नगर उप प्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल, वडा नं ७,१०, ११, १४, १५ का वडा अध्यक्ष र ४ नं का वडा सदस्यलगायत उपस्थिति रहेका छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?