काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले लगानी व्यवस्थापन सेवा पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस (पिएमएस) अन्तर्गत ग्राहकलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा भैपरी आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्न बीमामा आबद्ध गरी नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा ल्याएको हो ।
नयाँ सेवाले ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकूल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै सेयर बजारमा हुने लागानीको जोखिमसमेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार लगानीको आकारबमोजिम बीमाको सुरक्षा रकम निर्धारण गरिएको र सो रकमलाई दुर्घटना बीमा तथा स्वास्थ्य बीमाअन्तर्गत अस्पताल भर्ना खर्च बीमा रकममा बराबर अनुपातमा विभाजन गरिएको छ । नयाँ सेवा न्यूनतम तीन लाख नगदबाट वा आफूसँग भएको उक्त रकम बराबरको सेयर दिएर समेत सुरु गर्न सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच