काला केश भर्यौ नयाँ कुसुमले, बास्ना चल्यो हर्हर ।
झुम्मिन्छन् कि द्विरेफ झुुक्किन गई, वैशाखको उत्सव ।।
चम्केको छ ललाट चम्चम गरी, मुस्कानमा नर्मदा ।
उस्तै शुुक्ल-हिमांशु आनन अहा ! लाग्छ्यौ तिमी शारदा ।।
१
तिम्रा चञ्चल दृष्टिले विगतका, ब्यूूँताउँछन् सम्झना ।
लाली ओठ कपोल रंग-रसले, दिन्छन् कडा कम्पन ।।
झुुम्का नाचिरहेछ कर्णपुटमा, गाला दिँदै ठक्कर ।
तिम्रा कण्ठनिनाद गुुन्जन गई, भित्रै चल्यो चक्कर ।।
२
सग्ला दाँत र आँतमा जलपरी ! चम्कन्छ धौलागिरि ।
फूलैफूल फुुलेछ कान्त तनमा, नाच्द्यौ न हे किन्नरी ।।
ठन्डा जाग्न गयो धराभर कठै ! हेमन्तको राजले ।
आयो मङ्सिर मास आश अघिको बल्झ्यो नयाँ रागले ।।
३
बाला धान झुुलेर फाँटभर नै, शृंगारमा छिन् धरा ।
लाऊ लाज नमान हे प्रियतमा ! यो कण्ठमा स्रग्धरा ।।
बल्दैछन् दिलभित्र दर्द दुुखका, ज्वालाहरू दन्दन ।
गुुम्सेका अब वेदना पर हटे, नौलो गरौँ मन्थन ।।
४
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच