२०२१ मा चार प्रतिशतले बढे पर्यटक

Read Time = 9 mins

✍️ निनाम लोवात्ती

कोरोना महामारी (कोभिड-१९) का कारण सन् २०२० देखि लगातार रूपमा विश्व पर्यटन उद्योगमा गिरावट आइरहेको छ । फलतः नेपालमा पनि सन् २०१९ को तुलनामा २०२० मा सन् २०२० को तुलनामा सन् २०२१ मा कम पर्यटक आए । हुन पनि सन् २०२१ मा त नेपालको पर्यटनको लामो इतिहासमै धेरै कम (एक लाख ५० हजार ९६२) विदेशीले मात्रै भ्रमण गरे । स्मरणीय छ, सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीका कारण सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ ।
तथ्यांक यस्तो रहेको भए तापनि सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ बढेर १५ दशमलव एक दिन पुगेको थियो । त्यस्तै सन् २०२० मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन ६५ अमेरिकी डलर खर्च गरेका थिए ।

अर्कोतर्फबाट हेर्दा कोरोनाको महामारी सुरु हुनुअघि नेपालको पर्यटन उद्योगको पनि विशेषतः होटल क्षेत्रको उननति र प्रगति राम्रैसँग भइरहेको थियो । फलतः नेपाली होटल उद्योगमा स्वदेशी तथा विदेशी (ज्वाइन्ट भेन्चर/चेन) लगानी पनि राम्रैसँग भइरहेको थियो भनिन्छ, हालसम्म नेपाली होटल उद्योगमा १५/१६ खर्ब नेपाली रुपैयाँ बराबरको लगानी भइसकेको छ ।

यसरी हेर्दा नेपालको होटल उद्योगमा ‘दिन दुई गुणा रात चौ गुणा’ ले उन्नति प्रगति भइरहेको थियो र छ । किनकि, ६/७ वर्षअघि को तथ्यांक अनुसार नेपालको होटल उद्योगमा लगभग १० खर्ब नेपाली रुपैयाँ लगानी भइसकेको थियो । हुन पनि विसं २०७५/०७६ मै कैलाली जिल्लाको धनगढी, बाँकेको नेपालगञ्जलगायत विभिन्न जिल्लाको पर्यटकीय स्थानहरूमा मात्रै होटल उद्योगमा ८ अर्बभन्दा बढी लगानी भएको भनी त्यही बेला एक अनलाइन न्यूज पोर्टलले समाचार छापेको थियो ।

नेपालको होटल उद्योगमा ‘दिन दुई गुणा रात चौ गुणा’ ले उन्नति प्रगति भइरहेको थियो र छ । किनकि, ६/७ वर्षअघि को तथ्यांक अनुसार नेपालको होटल उद्योगमा लगभग १० खर्ब नेपाली रुपैयाँ लगानी भइसकेको थियो ।

त्यस्तै सन् २०१८ मा दक्षिणी छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी (नरेन्द्र मोदी) ले मुस्ताङ जिल्लामा रहेको हिन्दू तथा बौद्घ धर्मालम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको भ्रमण गरेका थिए । यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथको भ्रमण गरेपछिको लगत्तै मुक्तिनाथको भ्रमण गर्न आउने भारतीय पर्यटकहरूको संख्या सोचेभन्दा बढी संख्याले नै बढ्न थालेको थियो ।

तर, त्यस्तो क्रम सन् २०१९ को सेप्टेम्बर महिनाको अन्त्यतिर सुरु भएको कोभिड-१९ को महामारीसँगै रोकिएको अवस्था छ । यसरी भारतीयलगायत अन्य देशका पर्यटकहरूको चाप बढ्न थालेपछि त्यस बेलै मुुस्ताङ जिल्लाको मुक्तिनाथलगायत माथिल्लो मुस्ताङका अन्य क्षेत्रमा समेत नयाँ होटल खुल्ने क्रम बढ्दो क्रममा रहेको थियो र अहिले पनि छ ।

अब लागौँ सन् २०२१ मा विश्वमा घुम्न निक्लेका पर्यटकको संख्याको बढोत्तरी बारेतर्फ । हो, तथ्यांक हेर्दा सन् २०२० को तुलनामा सन् २०२१ मा विश्वमा घुम्न निक्लेका पर्यटकको संख्या बढेको छ । तथ्यांकअनुसार सन् २०२१ मा विश्वमा घुम्न निक्लने पर्यटकको संख्या चार प्रतिशतले बढेको छ । संयुक्त राष्ट्र संघसँग आबद्घ ‘विश्व पर्यटन संगठन (युएन-डब्लुटिओ)’ का अनुसार सन् २०२० मा विश्वमा चार सय एक मिलियन (चालिस करोड ४४ लाख) पर्यटक विश्व भ्रमण गर्न निक्लेका थिए । यो तथ्यांक भनेको सन् २०१९ को तुलनामा ७४ प्रतिशतले कमी हो ।

तर, सन् २०२१ मा चाहिँ चार सय १५ मिलियन (चालिस करोड ५५ लाख) पर्यटक विश्व भ्रमण गर्न निक्लेका थिए । यो तथ्यांक भनेको चाहिँ सन् २०१९ को तुलनामा ७२ प्रतिशतले मात्रै कमी हो । हुन पनि सन् २०१९ मा एक दशमलव पाँच बिलियन अर्थात् एक अर्ब ५० लाख पर्यटक विश्व भ्रमण गर्न निक्लेका थिए । यो तथ्यांक चाहिँ सन् २०१८ को तुलनामा विश्व भ्रमण गर्न निक्लेको पर्यटकको संख्यामा ४ दशमलव ३ प्रतिशतले बढी संख्या रहेको थियो भन्ने हो ।

यसरी महादेशको हिसाबबाट सन् २०२० को तुलनामा सन् २०२१ मा विश्व भ्रमण गर्ने पर्यटकको संख्याको बढोत्तरी अर्थात् बढेको तथ्यांक हेर्दा सबैभन्दा धेरै संख्यामा विदेशी पर्यटक बढेको भनेको युरोप महादेशमा देखिन्छ । त्यसमा पनि देशपिच्छे तथ्यांक छुट्याएर हेर्दा फ्रान्समा सबैभन्दा धेरै पर्यटकले भ्रमण गरेको देखिन्छ । हुन पनि सन् २०२१ मा फ्रान्समा मात्रै ८ करोड ९४ लाख विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक देखिन्छ ।

त्यस्तै सन् २०२१ मा दोस्रो धेरै संख्यामा विदेशी पर्यटकले भ्रमण गरेको देश युरोप महादेशकै स्पेन रहेको छ । त्यस्तै सन् २०२१ मा तेस्रो धेरै संख्यामा विदेशी पर्यटकले भ्रमण गरेको देश चाहिँ उत्तर अमेरिकी महादेशको संयुक्त राज्य अमेरिका रहेको छ । सन् २०२१ मा चौथौ धेरै विदेशी पर्यटकले भ्रमण गरेको देश चाहिँ एसिया महादेशको चीन रहेको छ । त्यस्तै गरेर पाँचौं धेरै सङ्ख्यामा विदेशी पर्यटकले भ्रमण गरेको देश पनि युरोप महादेशकै इटली रहेको छ भने सन् २०२१ मा धेरै पर्यटकले भ्रमण गरेको छैठौं देश टर्की रहेको थियो ।

त्यस्तै सन् २०२१ मा विदेशी पर्यटकले भ्रमण गरेको सातौं स्थानमा रहेको देश चाहिँ उत्तर अमेरिकी महादेशको मेक्सिको हो । उता सन् २०२१ मा धेरै विदेशी पर्यटकले भ्रमण गरेको आठौं देशमा दरिएको देश एसिया महादेशको थाइल्याण्ड छ भने, सन् २०२१ मा नवौं संख्यामा धेरै विदेशी पर्यटकले भ्रमण गरेको देश पनि युरोप महादेशको जर्मनी रहेको छ । सन् २०२१ मा १०औं धेरै विदेशी पर्यटकले भ्रमण गरेको देश पनि युरोप महादेशको बेलायत छ । यसरी सन् २०२१ मा धेरै विदेशी पर्यटकले भ्रमण गरेको १० देशभित्र परेको आठौं, नवौं र १०औं स्थानमा रहेका तीन देशहरूको पर्यटकको संख्यामा खासै धेरै फरक पारेको देखिँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?