टोटेनहमको पोस्टमा न्युक्यासलको आधा दर्जन गोल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा न्युकासलले टोटेनहमलाई ६-१ गोल अन्तरले हराएको हो ।

खेलको पहिलो हाफको २२ मिनेट भित्र हट्सपुर न्युक्यासल युनाइटेडसँग पाँच गोल खाँदै टोटेनह्याम फराकिलो अन्तरले पराजित भएको हो ।

न्युक्यासलको घरेलु मैदानमा भएको खेलको दोस्रो मिनेटमा नै ज्याकव मुर्फीले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाउन सुरु गरेका थिए ।

छैटौं मिनेटमा जोइलिनटनले गोल गर्दा न्युकासल २-० ले अघि रह्यो। न्युक्यासल यति मै रोकिएन नवौं मिनेटमा जाकोबले पुन व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे।

१९ औं मिनेटमा एलेक्जान्डर इसाकले गोल गर्दै न्युकासललाई ४-० को अग्रता दिलाए भने खेलको २१ औं मिनेटमा इसाकले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई पहिलो हाफमा नै ५-० को अग्रता दिलाए।

दोस्रो हाफमा भने टोटेनह्यामले न्युकासलको पोष्टमा गोल त फर्कायो । दोस्रो हाफको ४९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ५-१ को अबस्थामा ल्याए । टोटेनह्यामले त्यसपछि कुनै गोल गर्न सकेन, बरु खेलको ६७ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई ६-१ को सानदार जित दिलाए।

जारी लिगमा न्युक्यासलले ३१ खेलबाट ५९ अंक बनाएको छ भने टोटेनह्यामको ३२ खेलबाट ५३ अंक रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?