बुढासुब्बा गोल्डकप फागुन दोस्रो साता

हिमालय टाइम्स
Read Time = 2 mins

धरान । मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता बुढासुब्बा फुटबल प्रतियोगिताको २३औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । विसं २०७६ मा सम्पन्न २२औँ संस्करणपछि कोभिडका कारण २०७७/७८ मा बुढासुब्बा गोल्डकप आयोजना हुन सकेको थिएन । यो वर्षको फागुन १३ देखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ ।

कोरोना महामारीले भएको आर्थिक मन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका र प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सदाझैँ आठवटा ए डिभिजन क्लबले सहभागिता जनाउनेछन् । काठमाडौंका दुई, पोखराको एक, भारतका दुई र प्रदेश १ बाट आयोजकसहित तीन क्लबका स्तरीय टिमले सहभागिता जनाउने तय भएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति लिइसकेको क्लबले जनाएको छ । दुई वर्षदेखि रोकिएको प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालासँग छलफल सुरु गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । आर्थिक अभावले २२औँ संस्करणको बाँकी बक्यौता पनि मिलाउने काम भइरहेको आयोजकले जनाएको छ । अध्यक्ष राईले २३औँ संस्करण भव्य समापन गरेर क्लबको नेतृत्व हस्तान्तरण गर्ने तयारी गरेको जानकारी गराउनुभयो । २२औँ संस्करण २०७६ फागुनमा भएको थियो । प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब काठमाडौं विजयी भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?